Jaya Bhagawati melauli sunchadi

कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

Patan vally

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध नौ लाखभन्दा बढी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Kailpal bahudeshiya

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरूले घुस लिएको पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अख्तियारको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले मोहन र अशोकले सेवाग्राहीबाट चार लाख १२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र अशोकको नाम काटिएको दुई लाख ५० हजार रुपियाँको दुई वटा गरी पाँच लाखको चेकसहित नियन्त्रण लिइएको हो ।

मोहन र अशोकलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो नौ लाख १२ हजार रुपियाँ कायम गरी आज विशेष अदालत,  काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.