Jaya Bhagawati melauli sunchadi

नेकपा एमाले बैतडीको चौथो सचिवालय बैठक सम्पन्न

Patan vally

बैतडी : बैतडीमा नेपाल कम्युनिष्ट पार्टि एमालेको चौथो सचिवालय बैठक सम्पन्न भएको छ।

Kailpal bahudeshiya

बुधबार  एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि.क.को अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए।पार्टी कार्यालय गढीमा सम्पन्न बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए।

भण्डारीका अनुसार बैठकले नेकपा एमालेले सञ्चालन गरेको ३ महिने जरा अभियानको समिक्षा, स्वबियु निर्वाचनको समिक्षा,साथै आगामी दिनका कार्यक्रमहरु, पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार चैत १८ गते बैतडी सदरमुकाममा जनचेतनामुलक सभा गर्ने सम्बन्धि निर्णय गरिएको छ ।

जनपरिचालनको जिम्मेवारी एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीलाइ दिइएको एमाले जिल्ला कमिटी इन्चार्ज लिलाधर भट्टले बताए। यस्तै पार्टिका जनवर्गीय सङ्गठनका अधिवेशन सम्पन्न गर्ने,जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को अधिवेशन बैशाखमा गर्ने लगायतका निर्णय गरिएको इन्चार्ज भट्टले बताए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.