Jaya Bhagawati melauli sunchadi

एमाले बैतडीले ग¥यो गणतन्त्रको पक्षमा जागरणसभा

Patan vally

बैतडी : नेकपा एमाले बैतडीले गणतन्त्रको पक्षमा जागरणसभा गरेको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटी बैतडीको आयोजनामा गणतन्त्रको सुदृढीकरण संरक्षणका लागि जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता बैतडी सदरमुकाममा उतार्दै जागरणसभा सम्पन्न गरेको हो ।

बैतडी सदरमुकाम गोठलापानीबाट सुरु भएको नेता, कार्यकर्ताहरुको ¥याली गढी पुगेपछि सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज लिलाधर भट्टले जबजब नेपालमा राजनितिक संकट उत्पन्न हुन्छ, तब नेपालमा बैदेशिक शक्तिहरुले हस्तक्षेप गर्न खोज्छन, चाहे त्यो नाकाबन्दीका रुपमा हुन चाहे नेपालका उत्तरी सिमानाहरुमा शैनिक चेकपोष्ट राख्ने कुरा हुन, चाहे नेपालको क्याबिनेटमा विदेशीहरुले आफ्ना एजेण्डहरुलाई बसाउने बेलादेखि नै नेकपा एमालेले बिरोध गर्दै आएको र अहिले पनि बिभिन्न शक्ति केन्द्रहरुले रणभुमि बनाउन र धार्मिक अराजकता सृजना गर्ने र बिकास निर्माणका काम अगाडी बढाउन नदिने काम भएको बताए ।

जागरण अभियानको मूल उद्देश्य युवा पिँडीलाई राणाशासनमा, राजतन्त्रमा कस्तो थियो, र बहुदलीय शासन ब्यवस्था आईसकेपछिको परिवर्तन के कति भयो भन्नेकुराको अनुभूति गराउन जागरणसभा गरिएको उनले बताए ।

Kailpal bahudeshiya

नेकपा एमाले जिल्ला कमिटी बैतडी अध्यक्ष नरेश विकको अध्यक्षतामा सम्पन्न जागरणसभामा नेकपा एमाले प्रदेश कमिटी सचिव रण बहादुर चन्द, प्रदेश कमिटी सचिवालय सदस्य नरेन्द्र बिष्ट, प्रदेश कमिटी सदस्य तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की, प्रदेश कमिटी सदस्य महादेब भट्ट, द.न.पा नगर प्रमुख पुष्करराज जोशी “लख्खाभाई”, प्रदेश कमिटी सदस्य, सरस्वती नेपाली, एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायतले प्रतिगामी षड्यन्त्रका बिरुद्ध आ–आफ्ना कुरा प्रस्तुत गरेका थिए ।
जागरणसभामा १० वटै पालिकाका जनप्रतिनिधि तथा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
एमाले बैतडी जिल्ला कमिटी उप–सचिव पार्वती भट्टले कार्यक्रम संचालन गरेकी थिईन ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.