Jaya Bhagawati melauli sunchadi

बैतडीमा एमाले निकट २जनवर्गीय संगठनको जिल्ला अधिवेशन सम्पन्न

Patan vally

बैतडी : बैतडीमा एमाले निकट दुइवटा जनवर्गीय सँगठनहरुको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
एमाले निकट अखिल नेपाल किसान महाँसंघ र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को जिल्ला अधिवेशन सम्पन्न भएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए।

Kailpal bahudeshiya

अखिल नेपाल किसान महाँसंघको‌ अधिवेशन जय बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो।भने ट्रेड यूनियन महासंघको जिल्ला अधिवेशन देव राज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो।

दुइटै अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए।अखिल नेपाल किसान महासंघको सम्पन्न अधिवेशनबाट मान प्रसाद जोशीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ।
यस्तै उपाध्यक्षमा जय बहादुर बिष्ट, सचिवमा महेश पन्त, सह-सचिवमा परमानन्द पन्त, रमेश राम कुमार र कोषाध्यक्षमा कृष्ण बहादुर खडायत लगायत २५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ। यस्तै नेपाल ट्रेड युनियन महासंघको जिल्ला अधिवेशनबाट दिपक राज जोशीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ।

उपाध्यक्षमा गणेश पन्त, सचिवमा अर्जुन सिंह महरा, सह-सचिवमा बृक्षलाल पन्त,र कोषाध्यक्षमा कृष्ण सिंह धामी लगायत २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो। कार्यक्रममा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.