
कृष्ण मावि पाटन बैतडीको ६४ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी : बैतडीको पाटन स्थित कृष्ण माध्यमिक बिद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । मंगलबार कृष्ण माविको ६४ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक बिरेन्द्र सिंह केसीले जानकारी दिनुभयो ।

बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावल रहनु भएको थियो । विशिष्ट अतिथिमा पाटन वडा नं. ८ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक हरिश बिष्ट,पाटन वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, पाटन वडा नं. ३ का वडा अध्यक्ष करुणाकर भट्ट, रहेका थिए ।
साथै राजनीति दलका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरेन्द्र सिंह केसीले २ करोड ७८ लाख ८४ हजार बराबरको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
प्र.अ केसीले बिद्यालयलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको थियो ।



