Jaya Bhagawati melauli sunchadi

बैतडीमा जीप दुर्घटना हुँदा चार जना घाइते, एकको अवस्था गम्भीर

Patan vally

बैतडी : बैतडीमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । डेहिमाण्डौबाट गिरेगडा तर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप आज राती पौने ९ बजेको समयमा दशरथचन्द नगरपालिका वडा नं. ११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

Kailpal bahudeshiya

जिप दुर्घटनामा परी पन्चेस्वर गाउपालिका वडा ५ का ५४ वर्षीय चन्चले दयाल, पन्चेश्वर -६ घर भएला जीप चालक ३५ वर्षीय राकेस कोली, सोही ठाउका ५२ वर्षीय लालीराम कोली र दनपा १० कि ३० वर्षीया कबिता परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घाइते मध्ये चन्चले दयालको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइतेहरुलाइ उपचारको लागि जिल्ला अस्पताल ल्याउन लागिएको छ ।
जीप अनियंत्रित भएर दुर्घटना भएको र सडकबाट करिब ४० मिटर तल खसेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.