Jaya Bhagawati melauli sunchadi

बैतडीमा प्रहरी र किशोरी बीच कानुनी प्रक्रिया र प्रबिधि सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

Patan vally

बैतडी : प्रहरी र किशोर किशोरी बीच कानुनी प्रक्रिया र प्रबिधि सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

Kailpal bahudeshiya

मंगलबार दलित विकास मञ्च बैतडीको आयोजनामा जिल्लाको मेलौली नगरपालिका वडा नं. २ स्थित सलेना स्वास्थ्य चौकी भवनमा उक्त कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुरेस सेरालाले जानकारी दिनुभयो ।

कार्यक्रममा दलित विकास मञ्चका सचिव बलभद्र दयाल, तस्वदेहिका इन्चार्ज प्रहरी सहायक निरीक्षक नरेन्द्र बहादुर चन्द, सलेना स्वास्थ्य चौकीका सि.अ.हे.ब प्रकाश बहादुर चन्द, दलित विकास मञ्चका कार्यक्रम संयोजक सुरेस सेराला, लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा केदारेश्वर मावि दुर्गास्थान, धर्मघर मावि सलेना, सुदर्शन मावि लिखोडा र प्रीतिपुर माविका  विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रविधिको सदुपयोगले मानिसलाई हरेक सहजता हुने निश्चित भएपनि सही सदुपयोग गर्न नजाने त्यसबाट हुने समस्या र बालविवाह गर्दा हुने असर र त्यसको कानुनी प्रक्रियाका बारेमा किशोर किशोरीसंग छलफल गरिएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.