


बैतडी : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा यज्ञ राज भट्ट (यदु) सर्वसम्मत चयन भएका छन । शनिबार पाटनमा सम्पन्न १०औं जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
पाटन स्थित महिला विकास हलमा सम्पन्न अधिवेशनमा उपाध्यक्षमा भुवन कार्की चयन भएका छन् । कोषाध्यक्षमा दान सिह धामी, सचिवमा कर्ण कुँवर, सहसचिवमा बसन्ती भट्ट र बिरेन्द्र महरा सर्वसम्मत चयन भएका छन् ।



