Jaya Bhagawati melauli sunchadi

बैतडीमा नगदसहित पाँच जुवाडे पक्राउ

Patan vally

बैतडी : बैतडीमा नगदसहित पाँच  जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका ४ महोनपुरको अन्नपूर्ण होटलबाट ६२ हजार ७७० रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

Kailpal bahudeshiya

पक्राउ पर्नेमा पाटन नगरपालिका ४ का होटल सञ्चालक ४२ बर्षिया गणेश सिंह बिष्ट, सोही ठाउँका  मदनसिंह महरा, सुरेश महरा, जगदिश महरा र मदनसिंह महरालाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको पाण्डेय बताए ।

उनीहरूलाई बिहीबार साँझ ६ बजेतिर अन्नपूर्ण होटलबाट नगद र एक गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.