

बैतडी : बैतडीका ७ स्थानिय तहका करिब ६० प्रतिशत नागरिकहरुले वायुपंखी चुलो प्रयोग गर्न थालेका आस्था नेपालकी फोकल पर्सन मञ्जु भट्टले बताइन् । बेलायत सरकारको आर्थिक सहयोगमा आस्था नेपालले कार्यक्रम संचालन गर्दै आएको छ भने सन्तोस सोलार विक्री केन्द्रले चुलो वितरण गर्दै आएको छ ।
बैतडीका सुर्नया, सिगास, डिलाशैनी, दोगदाकेदार, पञ्चेश्वर शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा हाल यो कार्यक्रम संचालानमा रहेको सन्तोस सोलार बिक्री वितरण तथा सप्लायर्सका मार्केटिङ म्यानेजर दिजराज भट्टले बताए । ६५ सय पर्ने चुलोको ३७ सय अनुदानमा उपभोक्ताले २८ सय तिर्नुपर्छ ।

८० प्रतिशत धुवाँरहित वायुपंखी चुलोको प्रयोगबाट दाउराको खपत थोरै हुने हुदाँ यसले बन विनास हुनबाट जोगाउने र खाना पकाउँदा छिटो पाक्ने हुदाँ समयको पनि बचत हुने पाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले बताए । “वडामा २ सय ५० चुलो वितरण भैसकेको र बाँकी रहेका घरधुरीहरुलाई वितरण गर्ने काम भईरहेको छ” उहाँले भन्नुभयो ।
पाटन एककै बलेत र पोखरी टोलका ४२ घरधुरीमा नवदुर्गा सामुदायिक बनले प्रति घरधुरी रु २ हजारका दरले सहयोग समेत गरेको छ । २ हजार सहयोग गर्दा उपभोक्तालाई सहुलित हुने र बन बिनास हुनबाट समेत रोकिने नवदुर्गा सामुदायिक बनका अध्यक्ष देवदत्त भट्टराईले जानकारी दिनुभयो ।
एक घर एक चुलो अभियान अन्तरर्गत बैतडीका ७ स्थानिय तहमा ८ हजार ५ सय चुलोहरु वितरण भैसकेका सन्तोस सोलार बिक्री वितरण तथा सप्लायर्सका मार्केटिङ म्यानेजर भट्टले बताए ।
वायुपंखी चुलोको प्रयोगले बन बिनास हुनबाट जोगाउने, ८० प्रतिशत धुवाँ रहित हुनेहुदाँ धुवाँबाट लाग्ने रोग नियन्त्रण गर्न मद्दत गर्ने, समयको बचत हुने, आर्थिक भार कम हुने, साथै समयको बचतसंगै कामको भार घटाउने र १० प्रतिशत मात्रै दाउराको प्रयोग हुनेहुदाँ चुलो धेरै प्रभावकारी रहेको आस्था नेपालकी फोकल पर्सन भट्टले बताइन् ।
हाल पाटन नगरपालिकाका १० वटै वडाहरुमा प्रर्दशनसंगै वितरण गर्नेका भैरहेको छ ।



