

बैतडी : एमाले निकट संगठन लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बैतडीकाे अध्यक्षमा शुसिल श्रेष्ठ चयन भएका छन् ।

शनिबार नेकपा एमाले जिल्ला कमिटी बैतडीको पार्टी कार्यालयमा सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरिएको हो ।
उपाध्यक्षमा मधु गुरुङ, सचिवमा अन्जली राना मगर,सहसचिवमा कैलास थापा मगर र काेषाध्यक्षमा विमला लामा सर्वसम्मत चयन भएका नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।



