

बैतडी : १८ औं गणतन्त्र देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बिहिवार बिरेन्द्र मावि साहिलेकको अनाथ असाहाय छात्रवासका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडीका अध्यक्ष प्रकाश चन्द्र भट्टले जानकारी दिए ।


अनाथ असाहाय छात्रबासमा रहेका १९ जना बालबालिकालाई प्रति बालबालिका २ कापी र एक कलम वितरण गरिएको उहाले बताउनुभयो ।
शैक्षिक सामग्री वितरणले अनाथ बालबालिकाको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष भट्टले बताए। “शैक्षिक सामाग्रीले ती बालबालिकाको शैक्षिक स्तरमा सुधार आउन सक्छ” अध्यक्ष भट्टले भन्नुभयो ।

अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत प्रेस चौतारी बैतडीको टीमले उक्त सामग्री हस्तान्तरण गरेको थियो ।
छात्रबासमा शौचालयको अभाव रहेको वार्डेन लिला ठगुन्नाले बताईन । ९ छात्र र ११ छात्रा रहेको छात्रबासमा दुईवटा मात्रै शौचालय हुँदा समस्या भएको उनले बताईन । बालबालिकाका लागि खेल सामग्रीको पनि अभाव रहेको उनले बताईन ।



