


बैतडी : बैतडीको शिवनाथमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन । शर्मालीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०-१-०-०-१ च ४१८० नम्बरको जिप दिउसो २:४० बजे शिवनाथ गाउँपालिका-२ स्थित भित्री सडक खण्ड फट्केढुङ्गामा भन्ने स्थानमा शुक्रवार दुर्घटना हुँदा शिवनाथ गाउपालिका ४ का २७ बर्षिय चालक योगेन्द्र भट्ट घाइते भएका हुन । चालक भट्टको दुबै खुट्टामा चोट लागेको छ । उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
जिप एक्कासि अनियंत्रित भएर सडकबाट अन्दाजी ५० मिटर तल खसेको बडूले जानकारी दिए । जिपमा चालक मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



