


बैतडी : बैतडीको पाटन – पञ्चेश्वर सडकखण्ड अवरुद्ध बनेको छ । शक्रुबार बिहान करिव ९ बजेतिर पाटन – पन्चेस्वर सडकखण्ड अन्तर्गत पर्ने पाटन नगरापलिका ५ अर्तोला नजिक सडकमाथिबाट खसेको पहिरोले सडक पुर्ण रुपमा अबरुद्ध बनेको हो ।
तल्लो स्वराड क्षेत्रबाट छुट्ने छोटो तथा लामो दुरिका सवारीहरु बिचबाटोमा नै अलपत्र छन् । अवरुद्ध सडक सुचारु गर्नका लागि पाटनबाट जेसिबी मेसिन पठाइसकेको पुर्वाधार कार्यालय बैतडीले जनाएको छ ।



