

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले वडा नं. ५ स्थित गोबडीगाड गल्छि लिफ्ट खानेपानी योजनाको उद्घाटन गरेछन् ।
गोबडा टोलमा आइतबार एक भव्य कार्यक्रमका बिच गोबडीगाड गल्छि लिफ्ट खानेपानी योजनाको उद्धघाटन गरेका हुन।
१ करोड ७३ लाख९४ हजार लागतमा सम्पन्न योजनाको अध्यक्ष कार्किले एक समारोहका विच उद्घाटन गर्दै गोबडाटोलका जनताहरुका लागि एक खुसिको दिन भएको बताए। घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकाे भन्दै खुसी व्यक्त गरेका थिए।

“हेर्दा सानाे देखिए पनि याे निकै महत्व बाेकेकाे याेजना हाे, याे आयाेजना बन्नुपूर्व यहाँका महिलाकाे प्रत्येक बिहान पानी बाेक्नमै बित्थ्याे। अब त्याे परिस्थितिकाे अन्त्य भएकाे छ। हामीले शुद्व पानी मात्र पाएका छैनौं, पानी बाेक्नकै लागि बिहानभरिकाे समय खर्च गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य गरेका छाैं” उहाँले भन्नुभयो ।
महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन नसकेका उनले बताएका थिए । “संविधानले खानेपानीलाई माैलिक हककाे रुपमा व्यवस्था गरेकाे छ। त्यसकाे कार्यान्वयनका लागि हामि गम्भीर रुपमा लागिरहेका छौ” उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै गोबडीगाड गल्छि लिफ्ट खानेपानि योजनाका अध्यक्ष प्रेम बहादुर चन्दले खानेपानी निर्माण योजनामा सुदुरपश्चिम प्रदेश निबर्तमान सांसद लिलाधर भट्ट र गाँउपालिका अध्यक्ष चक्रबहादुर कार्कीलाइ बिशेष धन्यवाद ज्ञापन गर्दै गोबडाबासी जनताहरुको वर्षौदेखिको समस्या अन्त्य भएको बताए।
गोबडीगाड गल्छि लिफ्ट खानेपानि योजनाबाट १ सय ८ घरधुरी लाभान्वित भएका छन ।



