Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटन ३का बिष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित

Patan vally

बैतडी : बैतडीको पाटन नगरपालिका ३ गुरालीका तर्क सिंह बिष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन । मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबार काठमाडौंले वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गरिरहेका उद्यमीहरुलाई प्रत्येक बर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

Kailpal bahudeshiya

सुदुरपशिचमबाट यस बर्षको पुरस्कार कैलपाल बहुउद्देश्यीय कृषि फर्मका संचालक तर्क सिंह विष्टलाई प्रदान गरिएको हो। उनलाई ७५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको बिष्टले बताए।

बिष्टले रोजगारीको सिलसिलामा ८ बर्ष विदेशमा काम गरेका थिए । विदेशबाट फर्केपछि आफ्नै देशमा मेहनत गरी जीविकोपार्जन गर्न सकिन्छ भनी २०७४ सालमा व्यवसाय संचालन गरेको विष्टले बताए । अहिले खुकुरा तथा बाख्रा पालनबाट बार्षिक ८ लाख आम्दानी गरिरहेको उनले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.