Jaya Bhagawati melauli sunchadi

दोगडाकेदार गाउँपालिका जिल्लाकै पहिलो पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

Patan vally

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेका हुन् ।

Kailpal bahudeshiya

पछिल्लो तीन बर्ष यता गाउँपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए । तीन बर्षको अवधिमा पालिकाभरी ९ सय ५० जना आमाले बच्चा जन्माएको र उनीहरु सबैले स्वास्थ्य संस्थामै बच्चा जन्माएको उनले बताए ।

दोगडाकेदार गाउँपालिकामा २०७४ सालदेखि पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन भएको र अहिले अभियानले सार्थकता पाएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । आमा तथा शिशु मृत्युदरलाई शून्यमा झार्ने अभियान अन्तर्गत गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको उनले बताइन् ।

गाउँपालिकाभरीका गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार ८ पटक गर्भ जाँच गरेको, गर्भवती तथा सुत्केरी आमाहरुले आइरन चक्की सेवन गरेको, सुत्केरीपछि आमाहरुले स्वास्थ्य जाँच गरेको लगायतका सूचकहरु पूरा भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.