Jaya Bhagawati melauli sunchadi

बैतडीमा जीप दुर्घटना, ८ जना घाइते,३ को अवस्था गम्भीर

Patan vally

बैतडी : बैतडीमा जीप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको गन्ना गइरहेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान करिब साडे ५ बजेको समयमा बैतडीको पाटन-६ स्थित खिपालीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका छन् ।

Kailpal bahudeshiya

डिलासैनी-१का ४५वका राम कुमार राना, सोही ठाउका अन्ताजी ५१ वर्षकि कलमा धामी, ३२वर्षका किरण बोहरा, २७ वर्षका राजेन्द्र बहादुर खत्री, २१ वर्षकी भागरती खत्री र उनकी २ वर्षकि छोरी  एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट र चालक सोही ठाउका २४ वर्षका सन्तोस बहादुर राना घाइते छन् ।
घाइतेमध्ये चालकसहित कलमा र किरणको अवस्था गम्भीर छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्दारमा खटिएका थिए । सबै घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ । गम्भीर घाइतेहरुलाई रेफरको तयारी भैरहेको छ ।

जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.