

बैतडी:दलित समुदायको हक, अधिकार, समानता र सामाजिक न्यायका लागि आवाज उठाउदै आएको गैरसरकारी संस्था दलित समाज विकास मञ्च बैतडीले२२ औं स्थापना दिवस मनाएको छ ।
शनिबार स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले बताए ।
गतविगतका बर्षहरुमा जस्तै यस बर्ष पनि स्थापना दिवसको अवसरमा संस्थाले बिगत २२ बर्षदेखि गर्दै आएका काम र आगामी दिनहरुमा संस्थाले खेल्नुपर्ने भुमिकाका बिषयमा सस्थाका सदस्य तथा सल्लाहकारहरुसंग छलफल गरिएको दलित समाज विकास मन्चका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।

संस्थाका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवस कार्यक्रममा संस्थाले सञ्चालन गरिरहेका कामहरुको बारेमा समीक्षा गरिएको थियो ।
२०६१ सालमा स्थापना भएको संस्थाले सामाजिक रुपान्तरणका लागि आर्थिक विकास भन्ने नाराका साथ
जातीय विभेद न्यूनीकरण, महिला हिंसा न्यूनीकरण, बालविवाह न्यूनिकण, हलिया प्रथा विरुद्ध आवाज उठाउने लगायत समतामूलक समाज निर्माणका लागि काम गर्दै आएको छ ।
विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंगको सहकार्यमा दलित समाज विकास मञ्चले सचेतना फैलाउन दबाबमुलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।



