Jaya Bhagawati melauli sunchadi

बैतडीमा जबरजस्तीकरणीको आरोपमा शिक्षक र स्वास्थ्यकर्मी पक्राउ

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्लाको सिगास गाउँपालिका २ स्थित गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज ४१ वर्षीय जनक सिंह धामी र डडेल्धुराको भागेश्वर गाउँपालिका २ घरभई बैतडीको पाटन नगरपालिकाको एक विद्यालयका अध्यापन गराउदै आएका शिक्षक २८ बर्षीय लक्ष्मीकान्त पनेरु पक्राउ परेका हुन् ।
करिब ३ महिना अघि नै कक्षा ८ मा अध्ययनरत छात्रामाथि जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा निवेदन पुगेको थियो । पनेरुलाई बिहिबार कैलालीबाट पक्राउ गरी बैतडी ल्याइएको छ ।
यसैगरी स्वास्थ्य चौकी इन्चार्ज धामीको बिरुद्धमा पनि ३१ वर्षीय महिला स्वास्थ्यकर्मीले आफुविरुद्ध जबरजस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि धामीलाई प्रहरीले बिहिबार बिहान पक्राउ गरेको हो ।
दुवै घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.