Jaya Bhagawati melauli sunchadi

महाकाली भन्सार कार्यालयबाट लक्ष्यको झण्डै ७२ प्रतिशत राजस्व संकलन

Patan vally

बैतडीः बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले ७४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक बर्ष २०८१÷८२ मा ७४ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व संकलन गरेको हो ।

१ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लिएकोमा त्यसको ७१ दशमलव ८५ प्रतिशतमात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नी क्षेत्रीले बताए । राजस्व संकलनको लक्ष्य नै बढी भएका कारण गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिएको उनको भनाइ छ ।

Kailpal bahudeshiya

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो ।
अघिल्लो आर्थिक बर्ष २०८०÷८१ मा भने कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो । आर्थिक बर्ष २०८०÷८१ मा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन भएको थियो ।

झुलाघाट नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामग्रीहरु भित्रिने गरेको छ । व्यापारमा सिथिलता आएका कारण राजस्व संकलनमा कमि आएको उनले बताए । भारतीय बजारबाट आयात हुने सामग्रीबाटै राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।

झुलाघाट नाकाबाट निर्यात भने शून्य रहेको हो । यस्तै चोरी पैठारीका ७ ओटा मुद्धामध्ये ४ ओटा फछ्र्याैट भएका छन् । व्यवारिसे ३२ ओटा मुद्धामध्ये १२ ओटा मुद्धा  फछ्र्याैट भएका कम्प्युटर अपरेटर मन्नीले जानकारी दिए ।

करिब चार महिना अघि भन्सार अधिकृत दान बहादुर थापा मुद्धा हेर्ने अधिकारी तोकिएसंगै व्यवारिसे मुद्धाहरु पनि धमाधम फच्र्याैट हुन थालेका उनले बताए । यसअघि पनि व्यवारिसे मुद्धा हेर्ने अधिकारी तोकिएको भएपनि ति मुद्धाहरु फछ्र्यौट हुन सकेका थिएनन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.