Jaya Bhagawati melauli sunchadi

बहुविवाह सम्बन्धी ल्याउन लागेको कानुन तत्काल रोक्न अ.ने.म संघ र दलित समाज विकास मञ्चको ज्ञापनपत्र

Patan vally

बैतडी : बहुविवाह सम्बन्धि ल्याउन लागेको कानुन तत्काल रोक्न गृह मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन्।
बुधबार  अखिल नेपाल महिला संघ र दलित समाज विकास मञ्च बैतडीले प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल मार्फत नेपाल सरकारलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन ।

मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले ल्याउन लागेको कानुनले महिला समानताको नाममा अमुख व्यक्तिहरुले अवान्छित ईच्छा पुरा गर्ने र महिलाहरुलाई दासको रुपमा व्यवहार गर्न बाटो खुलाउने भएकाले उक्त कानुन तत्काल रोक्न माग गरिएको ज्ञापन पत्रमा भनिएको छ ।

Kailpal bahudeshiya

महिला अधिकारकर्मी सरस्वती नेपालीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा नेपालीहरुले पितृसत्तात्मक मुक्ति पाउन लामो समय संघर्ष गर्दै आईरहेका र विभिन्न आन्दोलनका नाममा प्राप्त अधिकारलाई तुहाउने काम निरन्तर भैरहेको पनि बताए।

हाल ल्याउन लागेको कानुन पश्चगामी भएको बताउदै उक्त कानुन तत्काल रोक्न ज्ञापन मार्फत नेपाल सरकारलाई जोडदार माग गरिएको छ ।


citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.