Jaya Bhagawati melauli sunchadi

बैतडीमा तीज तथा गौरा विशेष शुभकामना आदानप्रदान

Patan vally

बैतडी : नेपाल राष्ट्रिय शिक्षक संगठनको महिला विभागले आयोजना गरेको हरितालिका तीज र गौरा पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

Kailpal bahudeshiya

शनिबार पाटन नगरपालिकाको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रमसंगै विभिन्न मौलिक, साँस्कृतिक तथा देउडा खेल समेत प्रस्तुत गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य प्रेम राज भट्ट बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनकी कार्यवाहक अध्यक्ष हिरा भट्टको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य प्रेम राज भट्ट रहनुभएको थियो । विशिष्ट अतिथिमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्ट रहनुभएको थियो ।
दशवटै पालिकाको सहभागिता रहेको उक्त कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष नरेश बिक, प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट, लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा नेपाल शिक्षक संगठनका निवर्तमान उपाध्यक्ष आशा पाललाई सम्मान समेत गरिएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.