

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नं. २ स्थित केदारेश्वर माविमा लागेको देउडा प्रतियोगिता सम्पन्न भएको छ । दुर्गास्थान देउडा समाजको आयोजना र केदारेश्वर मावि दुर्गास्थानको सहजीकरणमा मंगलबार देखि सुरु भएको देउडा प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

“हाम्रो संस्कृति हाम्रो संस्कार” भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा सहभागी देउडिया मध्ये मेलौली नगरपालिका वडा नं. १ का पुर्व वडा अध्यक्ष समेत रहेका सुरत नेगीले प्रथम स्थान हासिल गरेका हुन । राम दत्त जोशी द्वितीय र मेलौली नगरपालिका वडा नं. ३ का श्याम दत्त बागले तृतीय स्थान प्राप्त गरेका केदारेश्वर मावि दुर्गास्थानका शिक्षक प्रेम राज भट्टले बताए ।
प्रथम, द्वितीय, तृतीय लगायत अन्य सहभागी देउडिया कलाकारहरुलाई नगद सहित सम्मान गरिएको शिक्षक भट्टले बताए ।
संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको देउडा प्रतियोगितामा १९ जना देउडिया कलाकारहरुले सहभागिता जनाएका दुर्गास्थान देउडा समाजका संयोजक डम्बर दत्त पाण्डेयले बताए ।



