Jaya Bhagawati melauli sunchadi

दशैंको पहिलो दिन आज घटस्थापना

Patan vally
Kailpal bahudeshiya

काठमाडौं : आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।

सूर्योदयदेखि १० घडीसम्मको समयमा शुद्ध स्थानमा घटस्थापना गरी तिलको तेलद्वारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ। पूजा कोठा वा दसैँ घरलाई शुद्ध माटो वा गाईको गोबरले पोतेर पवित्र बनाउनु पर्दछ । पुजा कोठा संगै पुरै घर रातो माटो र कमेरोले लिपपोत गर्ने गरिन्छ । घट भन्नाले घडा (कलश) लाई जनाउँदछ भने स्थापना भन्नाले स्थापना गर्ने कार्य । घटस्थापना गरिएको स्थानमा शङ्ख, डमरु, घण्टी बजाउँदै सप्तशती चण्डी पाठ गरी दुर्गा भवानीको स्तुति गान गर्नुपर्दछ । पूजामा दुर्गाको नौ दिन आजबाट नै असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको जितको सन्देश फैलाइन्छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.