Jaya Bhagawati melauli sunchadi

बैतडीमा बाल विवाह अन्त्यका लागि सरोकारवाला निकायहरुसंग समन्वयात्मक कार्यक्रम सम्पन्न

Patan vally

बैतडी: बैतडीमा बाल विवाह अन्त्यका लागि सरोकारवाला निकायहरुसंग समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार दलित समाज विकास मंच बैतडीको आयोजनामा बाल बिवाह अन्त्यका लागि छिटो मिलन रोकथाम कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसंग समन्वयात्मक कार्यक्रम सम्पन्न गरिएको दलित समाज विकास मन्चका सचिव बलभद्र दयालले बताए ।

Kailpal bahudeshiya

दलित समाज विकास मन्चका अध्यक्ष सरस्वती नेपालीले समाजमा विध्यमान बाल विवाह, जातिय विभेद, लैङ्गिक हिंसा, घरेलु हिंसा, समाजिक विभेद लगायतका समाजमा रहेका कुरीतिको अन्त्य गरि समतामूलक समाजको निर्माण गर्नु हाम्रो उदेश्य रहेको बताउनुभयो ।  त्यसका लागि सबै पक्षले हातेमालो गर्न जरुरी रहेको समेत बताउनुभयो ।

मेलौली नगरपालिकाका नगरप्रमुख भिम बहादुर चन्द “भुकम्प” ले बाल विवाह लगायतका अन्य सामाजिक विभेद हटाउन प्रत्येक ब्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि पालिकाबाट हुने सहयोगका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

सलेना स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, किशोर किशोरी लगायत सरोकारवालाहरु सक्रिय सहभागिता रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.