

बैतडी : “आफ्नो गाउँ, आफैं बनाऔं” भन्ने नाराका साथ पाटन नगरपालिका वडा नं ४, बस्तीमा अवस्थित श्री सहस्त्रलिङ्ग शक्ति युवा क्लबले यस वर्षको देउसी–भैलो कार्यक्रमबाट संकलन गरिएको रु. ६०, हजार बढी रकम क्लबको कार्यालय मर्मत संगै विकास कार्यहरूमा खर्च गरेको छ।

गाउँमा सामुदायिक सहयोग, एकता र आत्मनिर्भरता जगाउने उद्देश्यका साथ क्लबले विगत लामो समयदेखि सामाजिक सेवा, खेलकुद प्रवर्द्धन, सरसफाइ अभियान, बाटो निमार्ण र सामाजिक सहयोगजस्ता कार्यहरू निरन्तर गर्दै आएको क्लबका सचिव महेश महराले बताए ।
क्लबका सचिव महराले देउसी–भैलोबाट संकलित रकमले न केवल क्लबको भौतिक संरचना सुदृढ भएको छ, यसले गाउँको सामूहिक भावना र एकतालाई समेत बलियो बनाउने अपेक्षा गरिएको उनले बताए ।
“हामीले सरकार वा अन्य निकायको भर पर्नुभन्दा आफ्नै गाउँका युवाहरूलाई संगठित गरेर काम गर्दै आएका छौं। स–साना योगदान र श्रमबाट पनि ठूलो परिवर्तन सम्भव छ भन्ने विश्वासले हामी अघि बढिरहेका छौं।” उहाँले भन्नुभयो ।



