


बैतडी : बैतडीको मेलौलीमा भोलि दुत्त्या मेला लाग्ने भएको छ । प्रत्येक बर्ष मार्गशीर्ष शुक्ल द्धितीयाका दिन लाग्ने “सलेना दुत्त्या” मेला यस बर्ष मंसिर ६ गते अर्थात आज बिहानै देखि सुरु भएको छ ।
मेला भर्न बिहानैदेखि विभिन्न ठाउँबाट मानिसहरु आउने क्रम चलिरको मेला ब्यवस्थापन समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो ।
मेलौली नगरपालिका २ सलेना स्थित दुत्त्या गडामा लाग्ने मेलामा जिल्लाका विभिन्न ठाँउबाट मानिसहरु मेला भर्न आउने गर्दछन् । “सलेना दुत्त्या” सबै धार्मिक स्थलमा लाग्ने जात्रा मेला सकिएपछिको अन्तिम मेला भएकाले पनि विशेष महत्व रहेको स्थानीय संस्कृतिका अध्येता प्रकाश पैंतोलाले बताउनुभयो । धामी सहित स्थानीयले भट्याउने भैलोका केही मौलिक आँखर पनि सुन्न पाईने पैंतोलाले बताउनुभयो ।
मेलामा स्थानियस्तरमा उत्पादित कृषि बस्तुहरुको खरिद बिक्रि समेत गर्ने गरिन्छ ।
मेला सम्बन्धि थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस । https://sahajkhabar.com/archives/740



