Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौली नगर स्तरिय छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि मणिलेक माविलाई

Patan vally

बैतडी : बैतडीको मेलौली नगरस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मणिलेक माविले जितेको छ ।  मेलौली वडा नं. ७ मा रहेको  मणिलेक  माविले २४ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा मणिलेक माविले ११ स्वर्ण, १० रजत र ३ कास्य जितेर प्रथम स्थान हासिल गरेको हो ।

मेलौली नगरपालिकाको खेलमैदान विठ्ठनेमा सम्पन्न प्रतियोगितामा नगरपालिका भरिका १२ मावि तहका बिद्यालयहरुको सहभागिता रहेको मेलौली खेलकुद विकास समिती अध्यक्ष सागर भण्डारी सोराडीले बताउनुभयो ।

Kailpal bahudeshiya

प्रतियोगितामा विशालपुर मावि मेलौली ९ विशालपुरले  द्वितिय स्थान हात पार्न सफल भएको हो । ७ स्वर्ण, ७ रजत र ३ कास्य जित्दै द्वितीय स्थान हासिल गरेको हो । यस्तै भरतपुर माविले तृतिय स्थान हासिल गरेको छ । ४ स्वर्ण र १ कास्य जित्दै भरतपुर मावि गाउँकोटले तृतीय स्थान हासिल गरेको हो ।

मेलौली नगरपालिकाका नगरप्रमुख भिम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि पन्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द रहनुभएको थियो ।

माघ १३ गतेबाट संचालनमा आएको प्रतियोगिता आज सम्पन्न भएको पालिकाले जनाएको छ । हिजो सकिने भनेको भएपनि मौसम प्रतिकुलताका कारण एक दिन ढिला गरि सम्पन्न भएको हो । यस अघिका खेलहरु मेलौली भगवती मन्दिरको प्राङ्गणमा संचालन गर्दै आएको नगरपालिकाले यसबर्ष भने आफ्नै खेलमैदान बिठ्ठनेमा प्रतियोगिता सन्चालन गरेको हो ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.