Jaya Bhagawati melauli sunchadi

बैतडी बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो ३ जनाको अवस्था गम्भीर

Patan vally

बैतडी:बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।

हिजो राती पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२००१ ख १११९ नम्बरको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक कुमार रायले बताए ।

मृत्यु हुनेमा बझाङको वित्थडचिर ७ का ४० बर्षिय केशव राज जोशी, १३ बर्षिय अशोकराज जोशी, बर्ष ३५ का बसन्त जोशी, सोही गाउँपालिका बस्ने बर्ष ४१ का बिष्ण जोशी,  ४२ बर्षिय नरेशराज जोशी, केदारस्युँ गाउँपालिका ६० बर्षिय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ बस्ने ४० बर्षिय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका ४० बर्षिया पुष्पा अवस्थीको मृत्यु भएको हो ।

Kailpal bahudeshiya

यस्तै डडेल्धुरा अस्पतालमा उपचारको क्रममा हिजो राती थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको वित्थडचिर ७ का १७ बर्षिय बिषन दत्त जोशी, बर्ष अन्दाजी २८ बर्षिय दिपक राज जोशी, ४६ बर्षिय किसन दत्त जोशी, केदारस्यु गाउपालिका ७ का २७ बर्षिय केशव राज भट्ट, र बैतडीको पुर्चौडी ७ का १५ बर्षिय शुसिल जोशीको मृत्यु भएको हो ।

दुर्घटनामा ३४ जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गम्भीर घाईते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका ८ का ५२ बर्षिय नन्दलाल कोईराला, पुर्चौडी ७ कि ४५ बर्षिया धनपति अवस्थी र वित्थडचिर ७ का ३८ बर्षिय बिर बहादुर धामीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने, अन्यको बझाङ र डडेल्धुरामा उपचार भैरहेको छ।

 

घाइतेहरुको नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्दार गरेका थिए ।

दुर्घटनाग्रस्त बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

चालक कंचनपुरको भीमदत्त नगरपालिका ७ का बिरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुलाह, दुलही भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.