Jaya Bhagawati melauli sunchadi

स्कटल्याण्डसँगको टी–२० क्रिकेट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप

Chand Kirana Pasal
Patan vally

काठमाण्डौ : स्कटल्याण्डसँगको टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ । इडेनवर्गमा गएराति भएको तेस्रो तथा अन्तिम खेल छ विकेटले जितेसँगै अस्ट्रेलियाले शृङ्खला नै क्लिन स्वीप गरेको हो ।

Kailpal bahudeshiya

स्कटल्याण्डले दिएको एक सय ५० रनको लक्ष्य अष्ट्रेलियाले चार विकेट गुमाएर २३ बल अघि नै भेटायो । उसका क्यामरन ग्रिनले ६२ र मिचेल मार्सले ३१ रन बनाए । स्कटल्याण्डका ब्राड क्युरीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५६ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रिनले तीन तथा सीन एबोट र एरोन हार्डाईले दुई/दुई विकेट लिए । अस्ट्रेलियाले पहिलो खेल सात विकेट र दोस्रो खेल ७० रनले जितेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.