Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा एक जना निर्वाचन प्रहरीको मृत्यु

Patan vally

बैतडी : बैतडीको मेलौलीमा एकजना निर्वाचन प्रहरीको मृत्यु भएको छ। मेलौली नगरपालिका–०६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट ईलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत थिए। हिजो साझ ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासी बेहोस भएका थिए।

Kailpal bahudeshiya

बेहोस भएपछि उनलाई उपचारका लागि एम्बुलेन्स मार्फत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। तर स्वास्थ्य केन्द्रमा पु¥याउँदा डाक्टरले राति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो संगै  बैतडीमा ३ जना निर्वाचन प्रहरीको मृत्यु भैसकेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.