Jaya Bhagawati melauli sunchadi

बैतडीमा मतदान प्रक्रिया शान्तीपुर्णरुपमा सम्पन्न, मतदाताको सहभागितामा भने कमी

Patan vally

बैतडी : बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

जिल्लाका २ सय १५ ओटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए ।

Kailpal bahudeshiya

बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता मध्ये ७३ हजार १४८ ले मतदान गरेका छन् । जसमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र १ अन्य मतदाताले मतदान गरेका छन् । बैतडीमा कुल मतदातामध्ये ४६ दशमलव ५७ प्रतिशतले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।

जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको थियो । जिल्लामा मतदान कार्यलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि २ हजार ७ सय बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए ।
मतदान कार्य सम्पन्न गराउनका लागि १ हजार २८८ जना कर्मचारी खटिएका थिए ।

यस पटकको निर्वाचनमा मतदाताको संख्यामा भने कमी देखिएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.