Jaya Bhagawati melauli sunchadi

बैतडीमा जिप दुर्घटना: घाइते सविनाको उपचारको क्रममा मृत्यु

Patan vally
Kailpal bahudeshiya

बैतडी:बैतडीमा जिप दुर्घटनामा परी घाइते भएकी एक युवतीको मृत्यु भएको छ । मृत्युु हुनेमा सुर्नया गाउपालिका-८ कि १८ वर्षीया सविना महरा रहेकि छन् ।
सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जिप मंगलबार बिहान सात बजेतिर दुर्घटना भएकाे हाे ।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो । उपचारकै क्रममा मंगलबार नै मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
जिप दुर्घटना परी घाइते भएका अन्य चार जना उपचार पछि घर फर्किएका थिए ।
चालक समेत रहेका सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया ८ का २१ बर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ बर्षीय मानबहादुर महरा, ४० बर्षीय धनबहादुर महरा डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन् ।
१८ बर्षीया सविनालाई भने थप उपचारको लागि धनगढी लगिएको थियो ।
कच्ची सडकमा दुर्घटना भएकाे जिप  सडकबाट २० मिटर तल खसेको बुझीएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.