Jaya Bhagawati melauli sunchadi

वर्षाका कारण सुदूर पहाडमा भीमदत्त राजमार्गसहित ८ वटा सडक बन्द

Patan vally

भारी वर्षाका कारण सुदूर पहाडमा भीमदत्त राजमार्गसहित ८ वटा सडक बन्द छन्।

भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि भीमदत्त राजमार्गसहित ८ वटा सडक अवरुद्ध छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ।

Kailpal bahudeshiya

अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ। गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग बिहीवार राति खसेको पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ। साहुखर्कमा बिहीवार साँझदेखि नै पहिरो खसिरहेको थियो।

डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए। तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन्।

यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ। यता कैलालीको खुटिया नदिले जल सतर्कता तह पार गरेको छ।

मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनााएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोली ९शनिवार० बिहान ९ बजेसम्म सचेत रहन विभागले आग्रह गरेको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.