Jaya Bhagawati melauli sunchadi

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

Patan vally

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१–००१ ख ३६४६नम्बरको बस साँझ करिब ५:४० बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Kailpal bahudeshiya

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १२जना सवार रहेको र चालक सकुशल रहेको बताइएको छ।

दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.