Jaya Bhagawati melauli sunchadi

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा बैतडीका युवा साहित्यकार ओड सम्मानित हुँदै

Patan vally

कञ्चनपुर: गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवको अवसरमा बैतडीका युवा साहित्यकार राजेन्द्र ओड सम्मानित हुने भएका छन् ।

बैतडीको मेलौली नगरपालिका २ कपर्त घर भइ हाल भिमदत्त नगरपालिका १८ बस्दै आएका ओड लामो समयदेखि साहित्य क्षेत्रमा कलम चलाउदै आएका छन ।

आगामी असार २४ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिने आयोजकले जनाएको छ ।

उनी संगै विभिन्न साहित्यक विधाका ८ जना सर्जकहरूलाई सम्मानित गरिने जनाएको छ ।

गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझाका अनुसार यस वर्ष प्रतिष्ठानले साहित्यिक पत्रकारिता, भाषा, साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने  स्रष्टाहरूलाई छनोट गरेको छ।

यस वर्ष सम्मानित हुने सर्जकहरूको नामावली:
१. द्रोपती-विश्राम गुगुल्डि वाङमय सम्मान २०८२: श्री चेतनाथ धमला (खोटाङ/काठमाडौँ) – कौशीकीका सम्पादक, साहित्यिक पत्रकार संघका महासचिव एवं पूर्व प्राज्ञ।

Kailpal bahudeshiya

२. ग्वाल्लेक गौरव (लच्छुडुणि चन्द स्मृति) सम्मान २०८२: श्री राजेन्द्र ओड (मेलौली-२, कपर्त, बैतडी)।

३. मनोहरी-वसन्ती-गजाधर स्मृति सम्मान २०८२: श्री प्रजापति नेगी (भीमदत्त नगरपालिका-१५, गोवरैय्या, महेन्द्रनगर)।

४. कौशल्या कु देवी कर्णबहादुर स्मृति सम्मान २०८२: श्री दिनानाथ वराल (पुनर्वास, कञ्चनपुर)।

५. डम्मरदत्त शर्मा स्मृति सम्मान २०८२: श्री गङ्गाप्रसाद रिजाल (बेलौरी, कञ्चनपुर)।

६. दिलानन्द-देवकी डोटी रत्न पुरस्कार २०८२: श्री महेन्द्र ठकुराठी (अल्मोडा – कुमाउँनी साहित्यिक पत्रिका ‘पहूरु’ का सम्पादक)।

७. माल महिम राम-रत्ना सम्मान २०८२: श्री चाँदनी भट्ट (दार्चुला – युवा साहित्यकार)।

८. गुगुल्डी न्वा:की मानमान (सम्मान) २०८२: श्री हिरा जोशी भट्ट (गोवरिया, महेन्द्रनगर)।

प्रतिष्ठानका सचिव ओझाले आगामी असार २४ गते महेन्द्रनगरमा आयोजना हुने वार्षिक उत्सवको भव्य समारोहमा उपस्थित भई आफ्नो सम्मान ग्रहण गरिदिनका लागि सम्बन्धित सम्पूर्ण सम्मानित सर्जक तथा स्रष्टाहरूलाई  अनुरोध समेत गरेको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.