

बैतडी : बैतडीको पाटन नगरपालिका ८ स्थित खोडपे बजारमा सोमबार बजार अनुगमन गरिएको छ । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर पछाइ, पाटन नगर पालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उध्योग कार्यालय र नेपाल प्रहरीको सयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

सयुक्त बजार अनुगमनबाट ३७ हजार बढी मुल्यको समान नस्ट गरिएको छ । बजारका ५९ पसल अनुगमन गरिएकोमा ५ वटा पसलबाट म्याद नागेका खाद्य तथा गैहखाद्य बस्तुहरु भेटिएका थिए । अखाद्य तथा म्याद नाघेका वस्तुमा पेय पदार्थ, पशु औषधि, रङरोगनका समाग्रीहरु रहेका थिए । बजारबाट संकलन गरिएका उक्त सामानहरु नष्ट गरिएको खोडपे प्रहरी चौकीले जनाएको छ ।
स्थानीय उपभोक्ताहरुले सामान खरिद गर्दा ध्यान पु¥याउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी पछाइले बताएका थिए । स्थानीय तहबाट पनि उपभोक्ता सचेतनाको विकास गराउनुपर्नेमा उनको जोड थियो ।



