Jaya Bhagawati melauli sunchadi

बैतडीको पञ्चेश्वर स्थित ‘हाम्रो समाज हाम्रो एकता ग्रुप’द्वारा १८ विद्यार्थीलाई पोसाक र झोला वितरण

Patan vally

बैतडी : पञ्चेश्वर गाउँपालिका–४ आम्चौरास्थित ‘हाम्रो समाज हाम्रो एकता ग्रुप परिवार’ले कैलपाल आधारभूत विद्यालयमा अध्ययनरत १८ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाई विद्यालय पोसाक र झोला वितरण गरेको छ।

Kailpal bahudeshiya

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको ग्रुपका संयोजक नरेन्द्र चन्द डङ्खेतले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक अमिदराम औजीले विद्यार्थीलाई गरिएको सहयोगले पढाइप्रति थप उत्साह बढ्ने बताए। उहाँले यस्ता सहयोगले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन सहयोग पुग्ने बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.