

बैतडी : नेपाली कांग्रेसको देउवा समूहले बैतडीको मेलौली नगरपालिकामा नगर कार्यसमिति चयन गरेको छ ।मंगलबार भएको नगर अधिवेशनले शंकर दत्त जोशी लाई सभापतिमा सर्वसम्मत चयन गरेको कांग्रेसका युवा नेता विनोद विष्टले बताए ।

उक्त समितिको उपसभापतिमा केशव सिंह भाट र प्रेम बहादुर चन्द , सचिवमा जनक राज भट्ट र पदम सिंह नेगी , सहसचिवमा गीता जोशी र देवान राम पोखरेल लगायत अन्य सदस्यहरु चयन भएका छन् ।
नगरपालिकाका ९ ओटै वडामा वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन गरेपछि नगर अधिवेशन सम्पन्न गरिएको विष्टले बताए ।
कांग्रेसको संस्थापन पक्ष केन्द्रीय महाधिवेशनमा व्यस्त रहेका बेला देउवा समूहले भने स्थानीयस्तरका अधिवेशनहरुमा केन्द्रित रहेको हो । देउवा पक्षले देशैभरी समानान्तर समिति गठन गरिरहेको छ ।



