Jaya Bhagawati melauli sunchadi

रसुवा- भोटेकोसी बाढी प्रभावितलाई ज्ञानेश्वर माविका शिक्षक–कर्मचारीको १ लाख ३० हजार सहयोग

Patan vally
Kailpal bahudeshiya

बैतडी :रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैतडीको पाटन नगरपालिका–९, विजयपुरस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक लाख ३० हजार ६८२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा कार्यरत २३ जना शिक्षक तथा कर्मचारीले भदौ महिनाको तलबबाट निश्चित दिनको पारिश्रमिक कट्टी गरी उक्त रकम जुटाएका विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बताए ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार जम्मा गरिएको विद्यालयका लेखापाल वसन्त विष्टले जानकारी दिए ।

राष्ट्रसेवक कर्मचारीकातर्फबाट गर्न सकिने सहयोग स्वरुप उक्त रकम संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बिष्टले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.