Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा एक स्वास्थ्य सेवा केन्द्रमा तालाबन्दी

Patan vally

बैतडीको मेलौली नगरपालिका–१ हरिचनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि जग्गा दान दिएका स्थानीयले मंगलबार दिउँसो १२ बजे तालाबन्दी गरेका हुन् ।

२०७६ सालमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनको लागि अढाई रोपनी जमिन दान गरेका हरिराम लुहारको परिवारले तालाबन्दी गरेको बताएका छन् ।
जग्गा उपलब्ध गराउदा परिवारको एक जनालाई रोजगारी दिने सम्झौता पत्र बनाएको तर हालसम्म पनि रोजगारी नदिएपछि तालाबन्दी गरिएको जग्गादाता हरिराम लुहारका छोरा देव लुहारले जानकारी दिए ।

‘जग्गा दान दिदा एक जनालाई रोजगारी दिन्छौ भनेर सहमती गरेका हुन्, अहिलेसम्म दिएका छैनन्,’ उनले भने, ‘पटक पटक नगरपालिकामा धाउदा आश्वासन मात्रै पायौँ, अहिले बाध्य भएर ताला लगाएका हौँ,’ उनले भने ।

Kailpal bahudeshiya

आज नगर प्रमुख भिम बहादुर चन्दलाई भेट्ने क्रममा पनि चित्तबुझ्दो जवाफ नपापछि ताला लगाएको लुहारले बताएका छन् ।

तालाबन्दीका करण सेवा ठप्प रहेको स्वास्थ्य सेवा केन्द्र इन्चार्जको एवं अनमी सिता बिष्टले बताइन् ।
जग्गा उपलब्ध गराउदाखेरी नै रोजगारी दिने सहमती भएको बुझिएको छ ।
रोजगारी दिने विषयमा सोमबारको कार्यपलिका बैठकमा छलफल भएको भएको र टुंगो लाग्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी दिए ।

नगर प्रमुख भिम बहादुर चन्दले गितको सरकासँग रोजगारीको दिने विषयमा सम्झौता भएको बताइका छन् । कुनै एक सदस्यलाई रोजगारी दिने विषयमा पनि छलफल भएको र टुंगोमा पुग्न नसकिएको बताए ।

‘विगतको सरकारको पालामा सो सहमती भएको रहेछ, अब रोजगारी दिने विषयमा पनि प्रक्रिया हुन्छ, प्रक्रिया अनुसार अघि बढ्ने भनेका हौँ,’ उनले भने ।

उक्त स्वास्थ्य चौकीको भवन पनि नामसारी नगरीकै भवन निर्माण गरेको खुलेको छ । जग्गादाता हरिराम लुहारको नाममा रहेको जमिनलाई स्वास्थ्य केन्द्रको नाममा नामसारी गरेर मात्रै संरचना बनाउनुपर्ने भएपनि नामसारी नगरिकै बनाइएको पाइएको हो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.