Jaya Bhagawati melauli sunchadi

बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाइते

Patan vally

बैतडी : बैतडीमा बसको ढोकाबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।  मेलौली नगरपालिका–१ प्रहरी चेक पोष्ट नजिक सोही नगरपालिका ७ काडाँका  अन्दाजी १८ बर्षिय नविन भट्ट गम्भीर घाइते भएका हुन् ।

Kailpal bahudeshiya

महेन्द्रनगरबाट पञ्चेश्वर तर्फ जाँदै गरेको पवनदुत यातायतको ना ८ ख ६३६१ नम्बरको बसको ढोकाबाट खसेर उनी घाईते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक जनक ढुगांनाले जानकारी दिए ।

भट्ट उक्त बसका सहचालक समेत हुन् । उनको दाहिने कानबाट रगत बगीरहेको छ । प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा सामान्य उपचार गरी डडेल्धुरा अस्पताल पठाएकोमा त्यहाँबाट पनि सिटी स्क्यान गर्नुपर्ने भएकाले धनगढी रिफर गरिएको ढुंगानाले बताए ।

बस चालक दिपक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.