Jaya Bhagawati melauli sunchadi

बैतडीको शिवनाथमा बजार अनुगमन, २४ हजार बढीको अखाद्य बस्तु बरामद गरी नष्ट

Patan vally

संयुक्त बजार अनुगमन टोलीले बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन जारी राखेको छ । चाडपर्वको बेलामा कालोबजारी बढ्न सक्ने भन्दै सयुक्त बजार अनुगमन टोलीले मंगलबार जिल्लाको शिवनाथ गाउँपालिका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो ।

Kailpal bahudeshiya

शिवनाथ गाउँपालिकाको २,३ र ६ का २५ ओटा पसलमा गरिएको अनुगमनमा झन्डै २४ हजार ५३१ रुपैँया बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कडायतले जानकारी दिए ।

शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष सकुन्तला साउँदको संयोजकत्वमा, घरेलु तथाल साना उद्योग कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीको टोलीले सयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

यसअघि जिल्लाको पाटन , खोड्पे लगायतका मुख्य बजार क्षेत्रमा संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.