Jaya Bhagawati melauli sunchadi

जातीय विभेद र लैङ्गिक हिंसा न्युनिकरणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

Patan vally

बैतडी : जातीय विभेद र लैङ्गिक हिंसा न्युनिकरणको माग गर्दै बैतडीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।  शुक्रबार दलित समाज विकास मञ्च बैतडीको अगुवाइमा जिल्ला स्थित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मालाई ज्ञापन पत्र बझाएका हुन् ।

Kailpal bahudeshiya

ज्ञापन पत्र मार्फत पञ्चेश्वरमा बालिका बेपत्ता घटनाको निष्पक्ष छानबिन, जिल्लामा हुने लैङ्गिक हिंसाका घटनामा संलग्न व्यक्तिहरुलाई कडा कावाही, अपत्यक्षरुपमा स्थानीय मठ मन्दिरहरुमा बढ्दै गइरहेको जातिय विभेद न्युनिकरण तथा मुक्त हलियाहरुको न्यायिक पुर्नस्थापना लगाएतका विषयमा ध्यानाकर्षण गराएको दलित समाज विकास मञ्चकासचिव बलभद्र दयालले बताउनुभयो ।

स्थानीय मठ मन्दिरहरुमा अझैसम्म पनि दलीत समुदायका व्यक्तिहरुमाथी अप्रत्यक्ष विभेद कायम रहेको तथा अपमानजनक व्यवहारहरु हुने गरेको अधिकारकर्मि कर्ण दयालले बताउनुभयो ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले उल्लेखित मागहरुप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । जिल्लामा छुटमुक्त हलियाहरुको न्यायिक पुर्नस्थापनाका लागि पालिकाहरुसंग सहकार्य गरेर समस्या समाधानका लागि पहल गर्ने प्रजिअ शर्माको भनाई थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.