Jaya Bhagawati melauli sunchadi

बैतडीमा ट्याक्टर दुर्घटना, चालक सामान्य घाइते

Patan vally

बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको हरिचन–रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगत पर्ने पाटन नगरपालिका–९को धारापनी खोलामा सु प प्र ०१००२ त ५५९१ नम्बरको ट्याक्टर दुर्घटना भएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक उदयसिंह कठायतले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

दुर्घटनामा परी चालक अन्दाजी ३० वर्षीय गोविन्द कुवँर सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी सहायक निरक्षिक कठायतले जानकारी दिनुभयो । ट्याक्टरमा चालक मात्रै रहेको बुझिएको छ ।

पाटन नगरपालिका–९को धारापानी गाउँमा मलामीहरुलाई घर पुर्‍याएर खोड्पेतर्फ आउने क्रममा दुर्घटनामा परेको बताइएको छ ।
ट्याक्टर सडकबाट करिब २५ मिटर तल परेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.