

बैतडी :बैतडीको पाटन सम्पन्न चौथो संस्करणको पाटन प्रिमियर लिग पिपिएल : ४ को उपाधी कुइनोडा गुरुखोला लायन्सले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा पाटन भ्याली क्रिकेट क्लवलाई ४५ रनले पराजीत गर्दै गुरुखोला लायन्यले उपाधी हात पारेको हो ।
यो संगै गुरुखोला लायन्सले १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, हात पार्यो । उपबिजेता बनेको पाटन भ्यालीले ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्रमा चित्त बुझायो ।
१९६ रनको विजयी सहित मैदान उत्रिएको पाटन भ्यालीले सबै विकेट गुमाउदैँ १५० रन मात्रै जोड्न सक्यो । उसका लागि सन्दीप बिष्टले सर्वाधिक ४६ रन तथा दिपक टमटाले ३३ रन जोडेका थिए ।

गुरुखोला लायन्यसका बिकास आग्रीले ४ ओभर बलिङ् गर्दै ८ रन खर्चिएर २ बिकेट हात पारे । यस्तै बसन्त कार्कीले पनि २ विकेट लिएका थिए ।
यस कृष्ण माविको खेलमैदान पाटनमा टस जितेर पहिला ब्याटिङ् गरेको गुरुखोला लायन्सले निर्धारीत २० मा ७ विकेट गुमाउदै १९५ रन बनायो ।
गुरुखोला लायन्सका निराजन गौतमले अविजित ९८ रनको सानदार इनिङ खेले । यस्तै अशोक बिष्टले २५ तथा कलपेश चन्दले १८ रन जोडे । पाटन भ्यालीका सन्दीप खत्रीले ३ विकेट तथा टेकराज जोशी २ विकेट लिएका थिए ।
गुरुखोला लायन्यसका निराजन गौतम प्लेयर अफ दि म्याच चुनिएको स्कोरर तिलक बोहराले जानकारी दिए
असोज ३० गतेबाट सुरु भएको चौथौँ सस्करणको पाटन प्रिमियर लिगमा कुल १७ टिमको सहभागीता रहेको थियो ।
