


बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वतीलाई एक्कासी छिमेकीको बोका आएर हान्दा उनि करीब ५सय मिटर तल भिरमा खसेकी थिईन। बोकाले हानेर ५ मिटर तल खसेकि भट्टको घट्नास्थलमै मृत्यु भएको आफन्त समेत रहेका स्थानीय केशवराजभट्टले जानकारी दिए ।
मृतक भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन् ।



