Jaya Bhagawati melauli sunchadi

दार्चुलामा जीप दुर्घटना ,छ जनाकाे घटनास्थलमै मृत्युु

Patan vally

बैतडी: दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाकाे घटनास्थलमै मृत्युु भएकाे छ।
मालिकार्जुन जात्राबाट फर्केर गोकुलेस्वर तर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको (बन्दबोडी) जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका ५ ग्वानिको बजानी नजिक सिराडको खोलामा दुर्घटना भएको हाे।

Kailpal bahudeshiya

दुर्घटनामा ६ जनाको मृत्यु भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशीले जानकारी दिनुभयाे।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। उहाँले कुशलखबरसंग भन्नुभयाे,”जात्राबाट फर्किरहेकाे जीप दुर्घटनामा परेकाे हाे। छ जनाकाे मृत्युु भएकाे खबर छ।अन्य छ जना सिकिस्त छन्।”
मृतक र घाइतेहरूकाे पहिचान हुन बाँकी रहेकाे उहाँले बताउनु।

घाइते भएकाहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.