Jaya Bhagawati melauli sunchadi

डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, ७ घाइते

Patan vally
Kailpal bahudeshiya

डडेल्धुरा : डडेल्धुरामा  जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा मंगलबार दिउँसो जिप दुर्घटना भएको हो ।

महेन्द्रनगरबाट डडेल्धुराको सलेता आउदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ ।

मृतक दुवैजना महिला रहेका भएपनि पहिचान खुल्न बाँकी रहेको छ । घाइतेहरुको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.